+
+
Shares

‘राम नाम सत्य’ को अग्रिम टिकट बिक्री सुरु, कति शोज पायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १७:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'राम नाम सत्य'को अग्रिम टिकट बिक्री बुधबारदेखि देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलले सुरु गरेका छन्।
  • फिल्मले प्रदर्शनअघि नै देशव्यापी करिब १४० शोज पाएको छ र यसको कथा भ्रष्टाचार र माफिया समूहको प्रभावसँग जोडिएको छ।
  • अभिनेता विराज भट्ट मुख्य भूमिकामा रहेको यो एक्सन-ड्रामा फिल्म माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको छ र यसको रनटाइम १६० मिनेट छ।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘राम नाम सत्य’को अग्रिम टिकट बिक्री बुधबारदेखि खुलेको छ । देशभरका मल्टिप्लेक्स र सिंगल स्क्रिन हलले फिल्मका लागि एड्भान्स टिकट बिक्री थालेका छन् । प्रदर्शनअघि नै फिल्मले देशव्यापी करिब १४० शोज पाएको छ, जसले यसको माग र चर्चा देखाउँछ ।

रहस्य, बदला र अपराधको कथामा आधारित यो फिल्मले रिलिजअघि नै दर्शकमाझ उत्सुकता बढाएको छ । निर्माण पक्षका अनुसार फिल्मको कथा र प्रस्तुति फरक भएकाले दर्शकले नयाँ अनुभव पाउने अपेक्षा गरिएको छ ।

फिल्ममा अभिनेता विराज भट्ट मुख्य भूमिकामा छन् । साथै सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिब्या रायमाझी, खुसी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको पनि अभिनय छ ।

माइकल चन्दको लेखन तथा निर्देशनमा बनेको यो एक्सन-ड्रामा फिल्मको कथावस्तु समसामयिक परिवेशसँग जोडिएको छ । देशमा भ्रष्टाचार बढ्दै जाँदा र माफिया समूह तथा विदेशी शक्तिको प्रभाव बढ्न थालेपछि ‘अगुआ’ (नेता) नामको एक पात्रले भ्रष्ट राजनीतिज्ञ र व्यवसायीलाई एकपछि अर्को गर्दै मार्न थाल्छ । प्रत्येक घटनास्थलमा उसले आफ्नो छुट्टै चिन्ह छोड्ने गर्दछ, जसले कथालाई अझ रहस्यमय बनाउँछ ।

यो फिल्मको रनटाइम १६० मिनेट छ । यसले पीजी सर्टिफिकेट पाएको छ । यसको अर्थ, बालबालिकाले अभिभावकको निगरानीमा मात्र यो फिल्म हेर्नुपर्नेछ । निर्माण टिमका अनुसार फिल्ममा कलाकारको सशक्त अभिनय र कथाको गहिराइले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?