+
+
Shares

त्रिवि शिक्षण अस्पतालमा पनि शनिबार र आइतबार बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २६ गते ७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  • सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले २३ चैतमा बिदा दिने निर्णय गरेपछि अस्पतालले कार्यान्वयन गरेको हो।
  • अस्पतालले शनिबार र आइतबारबाहेक कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकेको छ र ओपीडी तथा शल्यक्रिया सेवा सञ्चालन हुने जानकारी दिएको छ।

२६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्याल शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले पनि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारलेसाताको दुई दिन बिदा दिर्ने निर्णय गरेसँग शिक्षण अस्पतालले पनि शनिबार  आइतबार दुई दिन नै बिदा दिने सूचना प्रकाशित गरेको हो ।

सरकारको निर्णय अनुसार त्रिवि कार्यकारीपरिषद्ले २३ चैत गते बिदा दिने निर्णय गरेपछि कार्यान्वयन गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पतालले जारी गरेको सूचनामा शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

बिरामीको सेवालाई ध्यानमा राखी ओपीडी र शल्यक्रिया सेवा भने शुक्रबार पूरै समय र अन्य दिन पनि सञ्चालन हुने अस्पतालले जानकारी दिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?