+
+
Shares

तोलामा २ हजार २ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते ११:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ विगत एक सातामा २ हजार ९ सय रुपैयाँ बढेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँ पुगेको छ।

२७ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ २ हजार ९ सय रुपैयाँ बढेको छ । गत शुक्रबार २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँमा कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो । माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च ७ हजार पाँच सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?