+
+
Shares

इरानसँगको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानमा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १२:०८

२८ चैत, काठमाडौं । इरानसँगको उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ ।

बीबीसीले पाकिस्तानको विमानस्थल स्रोतको हवाला दिँदै भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबादमा अवतरण भइसकेको छ ।

२१ वर्षको लामो अन्तरालपछि अमेरिकी उपराष्ट्रपतिको यो पहिलो पाकिस्तान यात्रा हो । यसअघि तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीले सन् २००५ मा पाकिस्तानको भ्रमण गरेका थिए ।

इस्लामाबादमा हुने वार्ताका लागि उपराष्ट्रपति भान्सका साथ अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टीभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि प्रतिनिधिमण्डलमा सहभागी छन् ।

इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबाद पुगिसकेको छ । वार्ताका लागि इस्लामाबादमा उच्च सुरक्षासहित तयारी भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?