२८ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको निरीक्षण गरेका छन् ।
उनले शनिबार सो तालिम शिक्षालय पुगेर निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा मन्त्री गुरुङले त्यहाँका समस्या र विपद् व्यवस्थापनका क्रममा गर्न सकिने कामहरूबारे ब्रिफिङ लिए ।
निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याट स्टेसन राख्न निर्देशन दिए ।
निरीक्षणमा सशस्त्र प्रहरी अधिकारीहरू सँगै चितवन जिल्लाका सिडिओ गणेश अर्याल र सशस्त्र प्रहरीका एसएसपी भरत खनिया सङ्गै सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनि कुमार पोख्रेल , जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरिक्षप गोबिन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे सहभागी थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4