+
+
Shares

प्राकृतिक सुन्दरताले भरिपूर्ण तीन सिमाना पर्यटकको पर्खाइमा (तस्वीरहरू)

३,५८६ मिटर उचाइमा रहेको तीनसिमाना प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । सन्दकपुरबाट हरेक वर्ष भारतीय पर्यटकहरु त आउँछन् तर यहाँ उलेख्य पर्यटक भने आइसकेका छैनन् ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८२ चैत २९ गते ९:५४

२९ चैत, पाँचथर । तीन सिमाना / फालोट क्षेत्रलाई हिउँले छपक्क छोपेको दिन । चौँरी हिउँमाथि यताउता गर्दै थिए । उनीहरूको चरन हिउँले छोपिएको छ । गुराँसका पोथ्राले हिउँकै सिरक ओडेका छन् ।

हिउँ परेपछि यहाँ घुम्न आएकाहरू खुसी देखिन्थे । यीमध्ये एक थिए भारतको सिक्किमका अनरुप लेप्चा । छोराछोरालाई लिएर घुम्न आएका उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘म चारपल्ट यहाँ आएँ । यो पल्ट हिउँ पर्दाको फरक अनुभूति गर्न पाए ।’

यो क्षेत्रमा चैतको अन्तिममा हिउँ परेको नौलो कुरा भएको स्थानीयको भनाइ थियो । हिउँ पर्दा मात्र होइन अन्य विभिन्न सिजनमा पनि यो क्षेत्रको दृश्य आकर्षक देखिन्छ ।

पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने यो ठाउँ भारतसँग सिमाना जोडिन्छ । अहिले बाटोभरि गुराँस फुलेका छन् । चौँरी गोठमा व्यस्तता सुरु भएको देखिन्थ्यो । पाँचथरको चारराते–फालोट–चिवाभञ्ज्याङ–तिम्बुङ पोखरी आकर्षक रुट रहेको छ । योमध्ये फालोट पनि महत्पूर्ण छ ।

‘सिजन अनुसार फरक दृश्यमा आनन्दित हुन् सकिन्छ । सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्णसहितको हिमदृष्य, स्थानीय सुन्दरता यहाँको महत्पूर्ण विशषता हो ।

‘यो ऐतिहासिक ठाउँ पनि हो’, यहाँ होमस्टे सञ्चालन गरिरहेका चन्द्रलाल नेपाल भन्छन्, ‘चौँरी यहाँको विशेषता हो भने तलको रेडपाण्डा पाइन्छ । बर्खामा हरियाली, हिउँदमा हिमाल, हिउँको अनुभूति गर्न सकिन्छ ।’

यहाँ आउनेले चौँरीको दुधबाट बनेको खिर, छुर्पी, चिजलगायतका स्थानीय परिकार चाख्न पाउने नेपालको भनाइ छ ।

सन्दकपुरभएर भारतको बाटो भएर गाडीमा यहाँ पुग्न सकिन्छ । पाँचथरको फिदिमबाट मेमेङ हुँदै गाडीमा सहजै पुगिन्छ । यहाँ बाइकमा जानेको सङ्ख्या उलेख्य छ ।

सिक्किम भारतमा विलय हुनुपूर्व नेपाल, भारत र सिक्किम देशको सिमाना भएकाले तीनसिमाना नामाकरण गरिएको हो । अहिले पनि सिक्किम र वेष्ट बङ्गालको सिमानासँग जोडिन्छ। ।

नेपालतर्फ पदमार्ग बनाइएको छ । पहाड आकर्षक देखिन्छन् । ससाना पहरा र ढुङ्गाको फरकफरक आकार सुन्दर छन् । तीनसिमाना ३,५८६ मिटर उचाइमा रहेको यो स्थान प्राकृतिक सुन्दरताले धनी छ । सन्दकपुरबाट हरेक वर्ष भारतीय पर्यटक यहाँ पुग्ने गर्छन् । तर, यहाँ उलेख्य पर्यटक आइसकेका छैनन् ।

फरक-फरक समयका तीनसिमाना/फालोट क्षेत्रका तस्वीरहरु :

             

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?