+

इस्ट्रिया बाई युटिएमबीको ६९ किमी रेसमा नेपालका सुमन कुलुङ दोस्रो

२०८२ चैत  २९ गते १६:०७ २०८२ चैत २९ गते १६:०७
इस्ट्रिया बाई युटिएमबीको ६९ किमी रेसमा नेपालका सुमन कुलुङ दोस्रो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रोएसियामा भएको इस्ट्रिया १०० बाई युटिएमबी रेसको पुरुष ६९ किमी दौडमा नेपालका सुमन कुलुङ दोस्रो भएका छन्।
  • सुमनले निर्धारित दुरी ५ घण्टा ४० मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए र पहिलो हुने इटलीका जियनलुका घियानो भन्दा एक मिनेटले पछि परे।
  • सुमन हाल अष्ट्रियामा बसेर प्रशिक्षण गर्दैछन् र सिग्रिड फाउण्डेसनले उनलाई स्पोनसरसिप गरिरहेको छ।

२९ चैत, काठमाडौं । क्रोएसियामा भएको इस्ट्रिया १०० बाई युटिएमबी रेस अन्तर्गत पुरुष ६९ किमी दौडमा नेपालका सुमन कुलुङ दोस्रो भएका छन् ।

युटिएमबी वर्ल्ड सिरिज अन्तर्गत युरोपमा हुने इस्ट्रिया १०० बा२ युटिएमबीमा नेपालका सुमनले ६९ किमीमा प्रतिस्पर्धा गरेका थिए । उनले निर्धारित दुरी ५ घण्टा ४० मिनेट १७ सेकेण्डले पूरा गरे ।

यस विधामा पहिलो भएका इटलीका जियनलुका घियानो भन्दा सुमल एक मिनेटले मात्र पछि परे । जियनलुकाले निर्धारित दुरी ५ घण्टा ३९ मिनेट ०८ सेमेण्डमा पूरा गरेका थिए ।

सुमनले गत वर्ष पनि यो रेसमा प्रतिस्पर्धा गरेका थिए । यसअघि सन् २०२५ मा भएको इस्ट्रिया बाई युटिएमबी रेसको ६९ किमीमै दौडेका सुमन पुरुषतर्फ दोस्रो भएका थिए ।

हाल अष्ट्रिया बेस्ड रहेर प्रशिक्षण गर्दै आएका सुमन कुलुङ विभिन्न अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा प्रतिस्पर्धा गर्दै आएका छन् । उनले असोजमा स्पेनमा भएको वर्ल्ड माउन्टेन एण्ड ट्रेल रेस च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका थिए ।

यस्तै सुमनले कात्तिकमा हङकङमा भएको ट्रान्सलान्टाउ हङकङ बाई युटिएमबी रेसमा प्रतिस्पर्धा गर्ने गरेका थिए ।

सुमनलाई अष्ट्रियाको सिग्रिड फाउण्डेसनले स्पोनसरसिप गरिरहेको छ । सुमन पर्यटक गाइडको रुपमा काम गर्दा सन् २०२२ मा फाउण्डेशनका पदाधिकारीसँग भेट भएपछि उनी विश्वका शीर्ष धावकभित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको फाण्डेशनले जनाएको थियो ।

सुमन हाल अष्ट्रियामा ट्रेल रनिङ अभ्यासका साथै काम पनि गर्दै बएका छन् । उनी त्यहाँ स्की लगायत खेलहरु पनि अभ्यास गर्ने गर्नछन् ।

इस्ट्रिया १०० बाई युटिएमबी रेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय