+
+
Shares

प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर छुटे

युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाँचथरमा युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत नेताहरूलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्।
  • जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार उनलाई आवश्यक परेको बेला उपस्थिति हुने गरी आफन्तको जिम्मा लगाइएको हो।
  • पोखरेल चैत २६ गते पक्राउ परेका थिए र जिल्ला अदालत पाँचथरले १० दिनको म्याद थप गरेको थियो।

२९ चैत, पाँचथर । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गर्दै गालीगलौजयुक्त सामाग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार आवश्यक परेको बेला उपस्थिति हुने गरी उनलाई आफन्तको जिम्मा लगाइएको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थपिएको थियो ।

उनी पक्राउ परेसँगै प्रधानमन्त्री बालेन शाहको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । आलोचना गर्नेहरूले बालेनका पुराना फेसबुक स्टेटस तथा भिडियोहरू सेयर गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?