+
+
Shares

कृषिमन्त्री चौधरीको सम्पत्ति : ५० हजारको घडी, ९० हजारको मोबाइल

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते २०:२३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजार रुपैयाँ मूल्यको घडी स्वआर्जनबाट रहेको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
  • उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ र आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ।
  • मन्त्री चौधरीले ऋण लिएर स्कुटर खरिद गरेकी छन् र ५ वटा बैंकमा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

२९ चैत, काठमाडौं । कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीले ५० हजारको घडी लाउने गरेको पाइएको छ ।

आइतबार सार्वजनिक सम्पत्ति विवरणमा स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको उनले उल्लेख गरेकी छन् । त्यस्तै मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको जनाइएको छ ।

उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ ।

५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

मन्त्री चौधरीले ऋण काढेर एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुरट खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ ।

स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?