+
+
Shares

संसदीय समितिमा हिन्दीमा सम्बोधन गर्दै ठाकुरले भने- कुशासन हटाउन सजिलो छैन

यसपटक उनी राष्ट्रिय सभा सदस्य बनेका छन् । गत ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उनी मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १५:०६

३० चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले संसदीय समिति बैठकमा हिन्दी भाषामा सम्बोधन गरेका छन् ।

सोमबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा ‘समितिको वार्षिक कार्ययोजनाको बारेमा’ छलफल थियो । जहाँ सांसदहरूले समितिका आगामी कार्य के–कस्ता हुन सक्छन् भनेर राय राखे ।

त्यसक्रममा सांसद ठाकुर पनि बोलेका थिए ।

उनले भने– प्रश्न बहुत सारे प्रश्न तो आ ही गया है । हम लोग हमेशा इसी चीज को रखते रहे । रहते हैं । अब यहाँ क्या है कि लोकतंत्र और गणतंत्र यह गुनाह और कुशासन तब भ्रष्टाचार कई गुनाह यह तो सब दिन से रहा है । अभी भी है और वह रहेगा भी । इससे छुटकारा पाना जो है इतना आसान नहीं है जितना हम लोग बोलते हैं ।’

अर्थात्, सांसद ठाकुरका अनुसार कुशासन, भ्रष्टाचारबारे धेरै प्रश्नहरू पहिले पनि उठेका छन् । यो विषय आफूहरूले उठाउँदै आएको उल्लेख गर्दै उनले फेरि पनि प्रश्न उठिरहने बताए । कुशासन, भ्रष्टाचार हटाउनु आफूहरूले भने जस्तो सजिलो विषय नरहेको पनि उनले बताए ।

संसदीय समितिको बैठकमा मधेश प्रदेश सामाजिक विकासका सूचकमा पछाडि परेको विषय उठेको थियो । शिक्षा, स्वास्थ्य जस्तो आधारभूत आवश्यकतामा समेत मधेश पछाडि रहेको भनेर सांसदहरूले सरकार मधेशको विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

यसमा थप्दै सांसद ठाकुरले मधेशमा यसबाहेक पनि समस्याहरू रहेको स्मरण गरे ।

उनले अगाडि भने– रहा मधेश की बात, तो वहां तो हर अल्टरनेट में जो है, एक बार बाढ़ आता है तो दूसरी बार जो है सूखा आता है । तो दोनों बार जो है पानी का अभाव होता है । बाढ़ के बाद जो है फिर पानी का अभाव और जब अकाल पड़ रहा है, सूखा रहता है तो एक गिलास पानी भी पीने के लिए नहीं मिलता है ।

सांसद ठाकुरका अनुसार मधेशमा प्रत्येक वर्ष बाढी आउँछ र त्यसपछि खडेरी पर्छ । दुवै समयमा पानीको अभाव हुने गरेको छ । यस्तो समस्या आउँदा गरिबहरू सबैभन्दा बढी मारमा पर्ने गरेको उनले सुनाए ।

उनले भने- और मजे की बात यह है उस अवस्था में भी अभाव की अवस्था में भी वे लोग जो सामाजिक दृष्टिकोण से अथवा व्यक्तिगत दृष्टिकोण से कमजोर होता है समाज का जो अ वह सबसे ज्यादा जो है सफर करता है । और बड़े लोग जो हैं, धनवान लोग जो हैं उनका तो गाड़ी का भी स्नान होता है । उनको पानी की कोई कमी नहीं है ।

यहाँनेर उनले पानीको महत्वबारे चर्चा गरे– ना पीने के लिए ना नहाने के लिए उनका तो सब चीज जो है पानी है से सफा वगैरा किया जाता है ।

नागरिकले आधारभूत आवश्यकता प्राप्त गरेसँगै शिक्षा पाउनुपर्ने उनको माग छ । यसपछि मुलुक समृद्धिको यात्रामा लम्किन सक्ने उनको विश्वास छ ।

उनी भन्छन्– तो यह है अभी हमारे एक माननीय साथियों की रिटर्न एजुकेसन रिटर्न एजुकेसन से उत्पादन बढ़ेगा उत्पादन से जो है व्यापार बढ़ेगा और तब व्यापार से जो है आमदनी तभी हम समृद्ध हो सकते हैं जो कल्पना हम लोग कर रहे हैं जो अभी सोच रहे हैं तो यह कोई बहुत बड़ी बात नहीं है ।

यहाँनेर उनले मधेशका शिक्षकहरू कुनै समय विदेशमा पढाउन जाने गरेको स्मरण गरे । अहिले अवस्था उल्टिएको र मधेशमा पढाउन बाहिरबाट शिक्षकहरू पुग्ने गरेको सुनाए ।

उनले भने– एक समय था कि मधेश के शिक्षक लोग बाहर में जाते थे पढ़ाने अभी स्थिति उल्टा हो गया है’ सांसद ठाकुरले भने, ‘वहीं के लोग जो है मधेश में आते हैं और रिजल्ट देखिए तो पूरे एवरेज रिजल्ट जो है । जो एसएलसीका निकला है सी एग्जामिनेशन का जो निकला है तो ६०/६२ प्रतिशत है एवरेज लेकिन मधेशका ३५ प्रतिशत है ।

यस्तो तथ्यांक प्रस्तुत गर्दै उनले शिक्षामा पछि पर्नेहरू स्वाभाविक रूपमा अरू सबै क्षेत्रमा पछि पर्ने बताए ।

उनले भने– इसी से जो शिक्षा में पीछे है तो स्वाभाविक है वह सब चीज में पीछे पढ़ ही जाएगा और वही हालत है मजहिस की अभी अवस्था वह इसलिए अब रहा है ।

आफूहरूले मधेशको अधिकारको लागि संघर्ष गरेको पनि ठाकुरले सम्झिए ।  बालेन्द्र शाह (बालेन) विनासंघर्ष प्रधानमन्त्री बनेको पनि उनले बताए ।

उनले भने– हम लोग तो जन्म लेते हैं तो हम संघर्ष करने का भाग्य लिए ही आते हैं । खाली हमारे प्रधानमंत्री जी विना संघर्ष के प्रधानमंत्री हो गए हैं मधेश के नाम पर बाँकी हम लोग को तो संघर्ष का नहीं करेगा ।

८३ वर्षीय ठाकुर मधेशको अधिकारका लागि लड्दा लड्दै राजनीतिमा स्थापित भएका नेता हुन् । २०४८ सालमै नेपाली कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर संसदीय राजनीतिमा प्रवेश गरेका उनी त्यतिबेलै उपसभामुख बनेका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा सर्लाहीबाटै चुनाव जिते । २०६४ र २०७० को चुनावमा पराजित भए । २०७४ र २०७९ मा महोत्तरी ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए ।

यसपटक उनी राष्ट्रिय सभा सदस्य बनेका छन् । गत ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उनी मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?