News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेशले कप्तान बिपिन खत्रीको ५ विकेट मद्दतमा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
- गण्डकीले ७३ रनको लक्ष्य १३ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको छ ।
- गण्डकीले ९ खेलमा ९ अंक जोडेको छ र जय ट्रफीको सम्भावना कायमै राखेको छ ।
१ वैशाख, काठमाडौं । कप्तान बिपिन खत्रीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले शानदार जित निकालेको छ ।
मंगलबार वीरगन्जमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ९ विकेटले हराएको हो । ७३ रनको लक्ष्य गण्डकीले १३ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
सिब्रिन श्रेष्ठले अविजित ४० रन बनाए । दीपक डुम्रे २२ रनमा अविजित रहे । यस सिजनका स्टार अर्जुन कुमाल भने आज ६ रनमै आउट भए । कर्णालीका बिपिन शर्माले एकमात्र विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली २५.२ ओभरमा ७२ रनमा अलआउट भएको थियो । प्रकाश जैशीले सर्वाधिक १५ तथा कप्तान दिवान पुनले १४ रन बनाए । अर्जुन घर्तीले १३ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
गण्डकीका बिपिनले १० ओभरमा १८ रन दिएर ५ विकेट लिए । अपराजित पौडेलले ३ तथा सुवास भण्डारी र कमल परियारले १-१ विकेट लिए ।
गण्डकीले ९ खेलमा ९ अंक जोडेको छ र जय ट्रफीको झिनो सम्भावना बाँकी नै राखेको छ । ९ खेलमा ३ अंक मात्र भएको कर्णाली यसअघि नै जय ट्रफीको होडबाट बाहिरिसकेको छ ।
प्रतिक्रिया 4