+
+
Shares

गगनको चेतावनी– क्रियाशील सदस्यता अद्यावधिक नगर्ने पार्टी सदस्य रहँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १७:०५

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरू पार्टीको सदस्य नरहने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक गर्नका लागि निवेदन दिएलगत्तै सभापति थापाले सञ्चारकर्मीहरूमाझ पार्टीको सो काममा अवरोध गर्ने कुनै पनि खालका गतिविधि नगर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

उनले पार्टीको विधान अनुसार सो काम शुरु गरिएकाले पार्टीका नेता, कार्यकर्तालार्य आ–आफनो वडा पार्टी कार्यालयमा पुगेर क्रियाशील सदस्यता अध्यावधिक गर्ने काम गर्न पनि निर्देशन दिए ।

‘पार्टीको क्रियाशील सदस्यताको निरन्तरताका लागि अद्यावधिक गर्ने कुरा पार्टीको विधान सम्मत छ । यो आवश्यक पनि छ । त्यसैले यो काममा कसैले पनि डिस्टर्ब नगरिदिनु होला । कसैले म कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्दिन भन्नु हुन्छ भने उहाँ पार्टीको क्रियाशील सदस्य रहनुहुन्न । पार्टीको विधानले यही भन्छ । पार्टी केन्द्रीय सदस्य साथीहरू यहाँ हुनुहुन्छ । मैले सबैलाई गर्ने अनुरोध यही हो,’ थापाले भने ।

सभापति थापाले सो कामलाई पार्टीको सदस्यता खाइदिने काम गरेको भन्दै कोलाहल मच्चाउने काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत पनि गराए । सो काममा आफूलाई सबैको सहयोगको आवश्यक्ता रहेको पनि सभापति थापाको भनाइ थियो ।

‘कसैले यो सदस्यताबारेमा केही कुरा बुझ्नु भएको छैन भने कृपया पार्टीको केन्द्रीय कार्यालय आइदिनुहोला । महामन्त्रीहरूले जिम्मा लिनु भएको छ । त्यहाँ बुझाइ दिनुहुन्छ । तर बाहिर यो सदस्यताबारे यो हुन लाग्यो, त्यो हुन लाग्यो,’ उनले भने, ‘हाम्रो सदस्यता कसैले खोसिदिन लाग्यो हाम्रो सदस्यता कसैले खाइदिन लाग्यो भनेर अनावश्यक रुपमा कोलाहल मच्चाइदिने काम नगरीदिन पनि म सबैलाई आग्रह गर्न चाहन्छु ।’

सभापति थापाले कांग्रेसको निरन्तरताका लागि सम्बन्धित सबै नेता, कार्यकर्ताहरूले सो कार्यमा अनिवार्य सहभागी हुनुपर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?