+
+
Shares

फिल्ममा फर्किने संकेत गर्दै सलिनमान लेख्छन्- कहिलेकाहिँ दूरी अन्त्य होइन, तयारी हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १७:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलिनमान बनिया दोस्रो फिल्म 'यात्रा : अ म्युजिकल भ्लग' व्यवसायिकरुपमा चलेन तर प्रशंसा बटुले।
  • सलिनले नयाँ वर्षको अवसरमा फिल्ममा फर्किने संकेत दिएका छन् र 'युनिभर्सिटी अफ गुन्डाज' मा काम गर्ने तयारीमा छन्।
  • सलिन र सलोन बस्नेतको टीमअप आगामी फिल्मका लागि तयारीमा रहेको निकट स्रोतले बताएको छ।

काठमाडौं । डेब्यू फिल्म ‘ए मेरो हजुर २’ बाट सलिनमान बनिया दर्शकमाझ लोकप्रिय भए । पहिलो फिल्मबाट नै दर्शकमाझ नोटिस भएका उनको दोस्रो फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ व्यवसायिकरुपमा चलेन तर यसबाट उनले प्रशंसा बटुले ।

त्यसपछि केही कार्यक्रम र सोसल मिडिया पोस्टमा बाहेक सलिन मनोरञ्जन क्षेत्रबाट गुमनाम जस्तै छन् । गतवर्ष आफू निकट कलाकार सलोन बस्नेतको फिल्म ‘रंगी’ को प्रिमियरमा उनी देखिए । मिडियामाझ पनि खासै नआएका उनले नयाँवर्षको अवसर पारेर आफू फिल्ममा आउन लागेको संकेत दिएका छन् ।

बारमा बसेर मदिरा पिइरहेको तस्वीरसहित उनले क्याप्सन लेखेका छन्- ‘कहिलेकाहिँ दूरी अन्त्य होइन, तयारी हुन्छ । केही समयको पर्खाइपछि । नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ । नयाँवर्ष २०८३ सालको सम्पूर्ण दर्शकमा हार्दिक शुभकामना ।’

उनको यो सोसल मिडिया पोस्टले उनी चाँडै फिल्ममा फर्किन लागेको अर्थमा बुझ्न सकिन्छ । केही महिनाअघि सलोनसँग मिलेर सलिनले ‘युनिभर्सिटी अफ गुन्डाज’ शीर्षकको फिल्ममा काम गर्न लागेको विवरण आएका थिए । सलोनले चलचित्र विकास बोर्डबाट समेत उक्त नामको इजाजत लिइ सकेका छन् ।

प्रोजेक्ट यही हुन्छ या हुँदैन, यो अहिले अनुमानको कुरा हो । यद्यपि, निकट स्रोतका अनुसार सलिन र सलोनको टीमअप एकसाथ आउने तयारीमा छ । यो टीमअप कस्तो होला, यो प्रतीक्षाको विषय बन्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?