+
युरोपियन च्याम्पियन्स लिग :

दोस्रो लेग जितेपनि बाहिरियो बार्सिलोना, एट्लेटिको सेमिफाइनलमा

२०८३ वैशाख  २ गते ७:१२ २०८३ वैशाख २ गते ७:१२
दोस्रो लेग जितेपनि बाहिरियो बार्सिलोना, एट्लेटिको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युरोपियन च्याम्पियन्स लिगको क्‍वाटरफाइनल दोस्रो लेगमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई २-१ ले पराजित गर्‍यो ।
  • दोस्रो लेग जितेपनि समग्र स्कोरमा ३-२ ले पछि परेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरियो ।
  • एट्लेटिको मड्रिड सेमिफाइनलमा पुगेको छ ।

२ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्‍वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई हराएपनि समग्र स्कोरमा पछाडि नै रहँदा बाहिरिएको छ ।

मंगलबार राति भएको दोस्रो लेगको खेलमा सुरुवातदेखि नै शानदार प्रदर्शन गरेपनि बार्सिलोनाले आवश्यक नतिजा भने निकाल्न सकेन । एट्लेटिकोलाई २-१ ले पराजित गरेपनि बार्सिलोना समग्रमा ३-२ ले पछाडि पर्‍यो ।

मड्रिडमा भएको खेलको सुरुआतमै बार्सिलोनाले गोल गरेको थियो । चौथो मिनेटमा लामिन यमालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि २४औं मिनेटमा फेरान टोरेसले अर्को गोल थप्दै समग्र स्कोर बराबरी बनाए ।

तर ३१औं मिनेटमा एडेमोला लूकमनले गोल गर्दै एट्लेटिकोलाई पुनः समग्रमा अघि ल्याए । त्यसपछि भने कुनै गोल हुन सकेनन् । दोस्रो हाफमा बार्सिलोनाले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन ।

भीएआर बाट एउटा गोल अफसाइड भयो भने ७९औं मिनेटमा एरिक गार्सियाले रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा सीमित भयो । अन्त्यसम्म बराबरी गोल गर्न नसक्दा बार्सिलोनाको पुनरागमन प्रयास असफल भयो ।

यस जितसँगै एट्लेटिको मड्रिड भने सेमिफाइनलमा पुगेको छ । अब उसले सेमिफाइनलमा आर्सनल र स्पोर्टिङ सीपीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

एट्लेटिको मड्रिड बार्सिलोना युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय