News Summary
Generated by OK AI. Editorially reviewed.- सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बुधबारदेखि सर्वसाधारणका लागि सञ्चालनमा आएको छ।
- राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत प्रसाशन विभागका प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो।
- पौडी पोखरी दैनिक १०–१२, १–३ र ४–७ बजेसम्म तीन सिफ्टमा सञ्चालन हुनेछ र शुल्क पहिलो र दोस्रो सिफ्टका लागि २०० तथा तेश्रो सिफ्टका लागि २५० रुपैयाँ निर्धारण गरिएको छ।
२ वैशाख, काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि सञ्चालनमा आएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रसाशन विभागका विभागीय प्रमुख भोजानन्द राईले पूजा गरेपछि पौडी पोखरी सञ्चालनमा आएको हो ।
सो अवसरमा आपूर्ति तथा भण्डार शाखाका प्रमुख देवराज कट्वाल, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख लीलाराम बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
हरेक दिन पौडी पोखरी १०–१२, १–३ र ४–७ बजेसम्म गरी ३ सिफ्टमा सञ्चालन हुनेछ । पहिलो र दोस्रो सिफ्टका लागि २ सय तथा तेश्रो सिफ्टका लागि २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
ज्येष्ठ नागरिक र फरक क्षमता भएका लागि विशेष छुटको व्यवस्था गरिएको छ । जाडोयाममा नियमित बन्द हुने आउटडोर पोखरी गत असोज १० गतेदेखि बन्द गरिएको थियो ।
आउटडोर पोखरीको छेउमै रहेको हिटिङ पौडी पोखरी भने नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया 4