+
+
Shares

प्रियंकाले निर्माण गरेको फिल्म ‘मास्टर्नी’ १२ भदौदेखि, यस्तो छ पहिलो झलक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १५:१७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रियंका कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले निर्माण गरेको कथानक फिल्म ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ।
  • भारतीय निर्देशक सुभेन्दु घोषले निर्देशन गरेको ‘मास्टर्नी’लाई १७ दिनमा काठमाडौं र पोखरामा छायांकन सकिएको छ।
  • ‘मास्टर्नी’ क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको फिल्म १२ भदौदेखि रिलिज हुनेछ।

काठमाडौं । प्रियंका कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले निर्माण गरेको कथानक फिल्म ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा दर्शकमाझ फस्टलुक ल्याइएको हो ।

लामो समयदेखि कथानक फिल्म निर्माणमा संलग्न हुने बताउँदै आएकी प्रियंकाले गुपचुप ढंगले यो फिल्मको छायांकन सकेकी हुन् । आयंका फिल्म्सले वेब सिरिज बनाइरहेपनि पहिलोपटक कथानक फिल्म निर्माण गरेको हो ।

१७ दिनमा काठमाडौं र पोखरामा छायांकन सकिएको जनाइएको छ । भारतीय निर्देशक सुभेन्दु घोषले यो फिल्मको निर्देशन गरेका हुन् । यो फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा छन् ।

क्याबिनेट शार्क ट्यांक नेपालका शार्कसहित अग्नि समूहका प्रमुख हुन् । यो फिल्मबाट अग्नि समूहले निर्माणमा हात हालेको हो ।

‘मास्टर्नी’को कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा छिन् । ‘क्राइम थ्रिलर मर्डर मिस्ट्री’ जनरामा निर्माण भएको फिल्ममा प्रियंकासहित सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्लेले अभिनय गरेका छन् ।

प्रियंका स्वयमको कथा रहेको फिल्ममा सान बस्न्यातको पटकथा छ । १२ भदौदेखि फिल्म रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?