२ वैशाख, काठमाडौं । चीनले चिनियाँ उत्पादनमा अमेरिकाले ट्यारिफ (आयात कर) बढाए जवाफी कदम उठाउने चेतावनी दिएको छ ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लिन जियानले बुधबार सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै चीनले इरानलाई सैन्य मद्दत नगरेको पनि दाबी गरेका छन् ।
पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चीनले इरानलाई सैन्य सहायता प्रदान गरिरहेका समाचार आएका थिए । ती समाचारको पनि चिनियाँ विदेश मन्त्रालयकाले प्रवक्ता जियानले खण्डन गरेका छन् ।
‘चीनमाथि इरानलाई सैन्य मद्दत दिएको आरोप लगाउनेवाला मिडिया रिपोर्ट पूरापुर झुठा हुन्,’ एक्समा जियानले लेखेका छन् ।
ती समाचारअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता प्रदान गरेर अमेरिका आयात हुने चिनियाँ सामग्रीमा ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए ।
‘यदि अमेरिकाले ती आरोपकै आधारमा चीनमाथि ट्यारिफ बढाउँछ भने चीन जवाफी कदम उठाउनेछ,’ जियानले अगाडि लेखेका छन् ।
प्रतिक्रिया 4