News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको सिंहदरबारस्थित कार्यलयमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्न बैठक सुरु भएको छ।
- प्रतिनिधिसभा अन्तर्गत १० वटा र संयुक्त दुई वटा समितिका सभापतिको निर्वाचन हुन बाँकी छ भने राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन भइसकेको छ।
- प्रतिनिधिसभाले गत चैत २७ गते विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो र सभामुखले आगामी शुक्रबार सभापतिको निर्वाचन मिति तोकेको छन्।
३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा जारी बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।
गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।
सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एकजना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एकजना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्दछन् ।
प्रतिक्रिया 4