+
+
Shares

ललितपुरबाट सुन-चाँदीका गरगहना चोरी, चोर्ने र खरिद गर्ने दुवै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १३:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिका-४ बागडोलबाट सुन-चाँदीका गरगहना चोरी गर्ने अमन देउला र खरिद गर्ने स्वपन चक्रवर्ती पक्राउ परेका छन्।
  • गत २६ चैत दिउँसो करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको थियो।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमन र स्वपनलाई पक्राउ गरी सुन तथा चाँदीका गरगहना बरामद गरेको छ।

३ वैशाख, ललितपुर । ​ललितपुर महानगरपालिका-४ बागडोलबाट सुन-चाँदीका गरगहना चोरी गर्ने र खरिद गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

चोरीको अभियोगमा काठमाडौं महानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमन देउला र चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका-२३ बस्ने अर्पिता ज्वेलर्सका सञ्चालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्ती पक्राउ परेका हुन् ।

​गत २६ चैत दिउँसो उक्त स्थानबाट करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका-४ बाट र स्वपनलाई उनकै पसलबाट पक्राउ गरेको हो ।

साथै प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ ।

जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?