News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय मनसुनी वर्षा र निर्माण अनुकूल बनाउन संघीय सरकारसँग परिवर्तनको प्रस्ताव राखे।
- मेयर महर्जनले सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गरी आयोजनाको समयमै सम्पन्न गर्न संघीय सरकारको ध्यानाकर्षण गराए।
- उनले राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढ्न विद्यमान कानुनमा संशोधन आवश्यक रहेको स्पष्ट पारे।
३ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।
बिहीबार सिंहदरबारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उनले संघीय सरकारसँग यस्तो प्रस्ताव गरेका हुन् ।
मनसुनी वर्षा र त्यो भन्दा अघिको समयमा कुनै पनि आयोजनाको डिजाईन, इस्टिमेट र टेन्डर आह्वान गर्ने र त्यस बाहेकको समयमा निर्माणको काम गर्न मिल्ने गरी आर्थिक वर्षको समय परिवर्तन गर्न उपयुक्त हुने उनको तर्क थियो ।
सरकारले विकास, निर्माणको काममा आमूल परिवर्तन हुनेगरी काम गर्नुपर्ने पनि मेयर महर्जनको भनाइ थियो ।
सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गर्न पनि उनले संघीय सरकारको ध्यानाकर्षण गराए । कुनै पनि आयोजनाहरूको काम समयमा सम्पन्न नहुनुमा सो ऐन मुख्य कारण रहेको औल्याउँदै मेयर महर्जनले त्यसमा तत्काल संशोधन गरेर अघि बढनुपर्नेमा जोड दिए ।
मेयर महर्जनले राष्ट्रिय गौरवका आयोजनाहरू अघि बढन सक्ने अवस्था नभएकाले त्यसलाई पनि अनुकूल हुनेगरी विद्यमान कानुनमा संशोधन आवश्यक रहेको स्पष्ट पारे ।
प्रतिक्रिया 4