+
+
Shares

लेबनानी सेनाको आरोप- इजरायलले युद्धविराम उल्लंघन गर्‍यो

लेबनानले इजरायलमाथि युवद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेबनानी सेनाले इजरायलमाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
  • लेबनानी सेनाले इजरायलले कयौंपटक गोलीबारी र आक्रमण गरेको उल्लेख गरेको छ।
  • सेनाले विस्थापित नागरिकलाई दक्षिणी गाउँमा फर्किंदा सावधानी अपनाउन आग्रह गरेको छ।

४ वैशाख, काठमाडौं । लेबनानले इजरायलमाथि युवद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

लेबनानीले सेनाले इजरायलका साथ भएको युद्धविराम सम्झौता कयौंपटक उल्लंघन भइसकेको बताएको हो ।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा सेनाले लेबनानी गाउँमा इजरायलले गरेको कयौं आक्रकमण ‘रेकर्ड’ गरिएको उल्लेख गरेको छ ।
लेबनानी सेनाले इजरायलका तर्फबाट कयौंपटक गोलीबारी पनि भएको बताएको छ ।

सेनाले विस्थापित नागरिकहरूलाई दक्षिणी क्षेत्रका गाउँमा फर्किंदा सावधानी अपनाउन र खतरयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

इजरायलका साथ युद्धविरामको घोषणापछि आक्रमणका कारण लेबनानबाट विस्थापित नागरिकहरूले घर फर्किन सुरू गरेका छन् ।
युद्धविराम पछि लेबनानमा नागरिकले खुसीमा उत्सव मनाएका मनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?