News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित बाँसघारीमा ६० वर्षीय जगतबहदुर थापाको शव फेला परेको छ।
- छोरा अमित थापाका अनुसार बुधबार साँझदेखि जगतबहदुर थापा बेपत्ता थिए र मादक पदार्थ सेवन गरेका थिए।
- इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु हुन सक्ने अनुमान व्यक्त गर्नुभयो।
४ वैशाख, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित बाँसघारीमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा बटेश्वर गाउँपालिका-४ का ६० वर्षीय जगतबहदुर थापा रहेका छन् ।
उनको शव आज बिहान करिब ९ बजे स्थानीय जगदीश रविदासको बाँसघारीमा फेला परेको हो ।
छोरा अमित थापाका अनुसार बुधबार साँझदेखि उनी बेपत्ता भएका थिए । त्यति बेला मादक पदार्थ सेवान गरेको उनको भनाइ छ ।
बिहान १० बजे शव फेला परेको जानकारी आएपछि घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले बताए ।
अत्यधिक मादक पदार्थ सेवनको कारण उनको मृत्यु हुन सक्ने प्रहरीको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4