+

सन्तोष यादव पीएम कपको सर्वोत्कृष्ट खेलाडी

२०८३ वैशाख  ४ गते १७:१८ २०८३ वैशाख ४ गते १७:१८
सन्तोष यादव पीएम कपको सर्वोत्कृष्ट खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशका सन्तोष यादव प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
  • सुदूरपश्चिम प्रदेशका हेमन्त धामी उत्कृष्ट बलर बनेका छन् र गण्डकी प्रदेशका अर्जुन कुमाल उत्कृष्ट ब्याटर घोषित भएका छन् ।
  • त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई हराएर प्रधानमन्त्री कपको फाइनलमा उपाधि जितेको छ ।

४ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका सन्तोष यादव प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यादवले प्रतियोगितामा ९ खेल खेल्दै २६५ रन बनाउनुका साथै २१ विकेट लिएका थिए । यही अलराउन्ड प्रदर्शनका आधारमा उनी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

उत्कृष्ट बलरको अवार्ड उपविजेता टोली सुदूरपश्चिम प्रदेशका हेमन्त धामीले जिते । उनले १० खेलमा २७ विकेट लिए । उनको शानदार प्रदर्शनमा सुदूर पहिलोपटक फाइनलमा पुगेको थियो ।

यस्तै, उत्कृष्ट ब्याटर गण्डकी प्रदेशका अर्जुन कुमाल बने । उनले ९ खेलमा ५०४ रन बनाएका थिए, जसमा २ शतक र २ अर्धशतक समावेश छन् । यही प्रदर्शनका कारण उनले अन्तत: राष्ट्रिय टोलीमा समेत स्थान पाएका छन् ।

उदीयमान खेलाडीको उपाधि मधेश प्रदेशका आशिक बैठाले पाए । उनले ६ खेलमा १० विकेट लिए ।

शुक्रबार भएको पीएम कपको फाइनलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।

विधागत उत्कृष्टको अवार्डमा आर्मीका कुनैपनि खेलाडी परेनन् ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय