News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बाट २० वर्षीय बासुदेव महरालाई ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।
- इलाका प्रहरी कार्यालय बेलडाँडीको टोलीले विशेष सूचनाको आधारमा महरालाई पक्राउ गरेको हो।
- पक्राउ परेका महरालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
५ वैशाख, धनगढी । कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने २० वर्षीय बासुदेव महरा रहेको प्रहरीले जनाएको छ । उनको साथबाट ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
महरालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4