+

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्दै

२०८३ वैशाख  ५ गते ९:१४ २०८३ वैशाख ५ गते ९:१४
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत पहिलो खेलमा अमेरिकासँग खेल्नेछ ।
  • प्रतियोगितामा नेपाल, अमेरिका, इटाली, रुवान्डा र भानुआतु सहभागी छन् र सबै टिमले डबल राउण्ड रोबिन प्रणालीमा दुईपटक खेल्नेछन् ।
  • नेपाल महिला क्रिकेट टोली पहिलो पटक रुवान्डामा खेल्न लागेको हो ।

५ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्दै छ । खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजेदेखि सुरु हुनेछ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकासँग नेपालले पहिलोपटक खेल्दै छ । यसअघि नेपालले महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि अभ्यास खेल मात्र खेलेको थियो जसको टी-२०आई मान्यता थिएन । अमेरिका मात्र नभएर अन्य टोलीसँग पनि नेपाल पहिलोपटक टी-२०आईमा खेल्न लागेको हो ।

अप्रिल १८ देखि मे १ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टिमले एक–अर्कासँग दुईपटक खेल्ने (डबल राउण्ड रोबिन) प्रावधान छ र सबैभन्दा बढी अंक ल्याउने टोली च्याम्पियन बन्नेछ ।

नेपाल महिला टोली पहिलो पटक रुवान्डामा खेल्न लागेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एसोसिएट देशहरूलाई अवसर दिन पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो।

नेपाल वरियतामा सहभागी पाँच टिममध्ये सबैभन्दा माथि (२१औं स्थान) मा छ। त्यसपछि इटाली (२३औं), अमेरिका (२४औं), रुवान्डा (२५औं) र भानुआतु (३०औं) स्थानमा छन्।

नेपालले दोस्रो खेल आइतबार ६ वैशाखमा इटालीसँग खेल्नेछ । त्यसपछि तेस्रो खेल बुधबार (९ वैशाख) रुवान्डासँग, चौथो खेल बिहीबार (१० वैशाख) भानुआतुसँग खेल्नेछ ।

यस्तै पाँचौं खेल आगामी शनिबार (१२ वैशाख) अमेरिकासँग खेल्नेछ । छैटौं खेल १४ वैशाखमा रुवान्डासँग, सातौं खेल १५ वैशाखमा भानुआतुसँग अनि आठौं खेल १६ वैशाखमा इटालीसँग खेल्नेछ ।

नेपालको टोली : इन्दु बर्मा (कप्तान), पूजा महतो, बिन्दु रावल, रुबिना क्षेत्री, रुबी पोदार, रोमा थापा, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी, मनिषा उपाध्याय

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी नेपाली महिला क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय