News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एडभेन्चर रनिङ फेडेरेसनका केन्द्रीय सचिव शहदेब ब्यञ्जनकारले टिसिएस लण्डन म्याराथन २०२६ मा दौडने भएका छन् ।
- ब्यञ्जनकारलाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनले सातदोबाटोस्थित संघको कार्यालयमा विदाई गरेको छ ।
- संघका अध्यक्ष एकेन्द्र कुँवरले नयाँ सरकारले साहसिक खेलकुदलाई प्राथमिकता दिएको र सरकारले सहयोग गर्ने अपेक्षा राखेको बताए ।
काठमाडौं । नेपाल एडभेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) का केन्द्रीय सचिव शहदेब ब्यञ्जनकारले टिसिएस लण्डन म्याराथन २०२६ मा दौडने भएका छन् ।
विगतमा अमृरिकाको न्युयोर्क सिटी म्याराथन र सिकागो म्याराथन र जर्मीको बर्लिन म्याराथन दौडिसकेका ब्यञ्जनकारले चौथो मेजर म्याराथन दौडन लागेका हुन् ।
लण्डन म्याराथन २०२६ यही अप्रिल २६ मा हुँदैछ ।
ब्यञ्जनकारलाई आईतबार नेपाल एडभेन्चर रनिङ फेडेरेसनले सातदोबाटोस्थित संघको कार्यलयमा एक कार्यक्रमबीच विदाई गरेको छ ।
संघका अध्यक्ष एकेन्द्र कुँवर लगायतले ब्यञ्जनकार शुभकामना सहित विदाई गरे ।
ब्यञ्जनकारले विगतमा आफूले मुख्य म्याराथन दौडँदा पनि विदाई हुने अभ्यास नभएको र अहसले आफ्नै अभिभावक संस्थाले विदाई गर्दा खुशी महसुस भएको बताए । साथै उनले रनिझमा लागेरनै आफू अहिले यो स्थानसमम पुगेको र अहिले यो विदाई पाएको बताए ।
नेपाल एडभेन्चर रनिङ फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले ब्यञ्जनकारको सहभागिताले लण्डन म्याराथनमा नेपाल एडभेन्चर रनिङ फेडेरेसनकै उपस्थिती भएको महसुस हुने बताए ।
यस्तै कुँवरले नयाँ सरकारले साहसिक खेलकुद र ट्रेल, अल्ट्रा रनिङलाई प्राथमिकतामा राखेको भन्दै खुशी व्यक्त गरे । उनले सरकारबाट राम्रो साथ र सहयोगको अपेक्षा रहेको र आगामी दिनमा नेपालले यो खेलबाट अझ धेरै उपलब्धी हासिल गर्न सक्ने बताए ।
प्रतिक्रिया 4