+
+
WC Series
Nepal
63/4 (10.2)
VS
UAE
0/0
Shares

रास्वपा केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक ७ वैशाख काठमाडौंमा सुरु भएको छ र ९ एजेन्डा तय गरिएको छ।
  • बैठकमा पार्टी गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र महाधिवेशन कार्यविधि मस्यौदाबारे छलफल हुँदैछ।
  • प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने, सचिवालय निर्णय अनुमोदन र विधान संशोधनबारे पनि बैठकमा छलफल भइरहेको छ।

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । आजको बैठकका लागि ९ एजेन्डा तय भएको प्रवक्ता मनिष झाले बताएका छन्

उनका अनुसार बैठकमा पार्टीका गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ बैठकमा हुनेछ । यसका लागि २० जनालाई २ मिनेटको दरले समय छुट्याइएको झाको भनाइ छ ।

त्यस्तै महाधिवेशन कार्यविधि मस्यौदाबारे, विधान संशोधनबारे, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा प्रवासमा रहेका नेपालीलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा, सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा छलफल हुँदैछ । रास्वपाले विविध शिर्षमा तीन वटा प्रस्तावमा छलफल हुने बताएको छ ।

विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा, विषयगत विभागको योजना तयारी र नीति मन्थनबारे निर्देशन र संशदीय दलको विधान संशोधनबारे उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?