+

कर्पोरेट टी-१० लिग र माया ग्रुपबीच साझेदारी

२०८३ वैशाख  ८ गते १२:३९ २०८३ वैशाख ८ गते १२:३९
कर्पोरेट टी-१० लिग र माया ग्रुपबीच साझेदारी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माया ग्रुपले कर्पोरेट टी–१० लिगलाई आधिकारिक रूपमा सहयोग गर्ने घोषणा गरेको छ ।
  • कर्पोरेट टी–१० लिग वैशाख १३ देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
  • माया ग्रुपले लिगको व्यावसायिक विस्तारमा सहयोग गर्नेछ ।

८ वैशाख, काठमाडौं । काठमाडौं स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिद्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० लिग लाई माया ग्रुपले आधिकारिक रूपमा सहयोग गर्ने घोषणा गरेको छ ।

लन्डनमा मुख्य कार्यालय रहेको र नेपालमा द्रुत गतिमा आफ्नो सेवा विस्तार गरिरहेको माया ग्रुपले यस प्रतियोगिताको सफलताका लागि मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्ने भएको छ ।

अध्यक्ष राज पाण्डेको नेतृत्वमा रहेको माया ग्रुप एक बहुआयामिक कम्पनी हो, जसले विशेषगरी प्रविधि र सेवा क्षेत्रमा काम गरिरहेको छ । नेपाली क्रिकेटको विकासमा निकै उत्साहित र प्रतिबद्ध रहेको यस ग्रुपले यसअघि नै नेपाली क्रिकेटका ९ जना खेलाडीहरूलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरिसकेको छ ।

माया ग्रुपसँग ब्रान्ड एम्बासडरका रूपमा दीपेन्द्र सिंह ऐरी, भीम सार्की, गुलशन झा, अर्जुन साउद, रिजन ढकाल, नन्दन यादव, प्रसिद्ध जैसी, सुशील रावल र सोनी पाख्रिन जस्ता उत्कृष्ट खेलाडीहरू आबद्ध रहेका छन् । खेलाडीहरूको मनोबल बढाउन र नेपाली क्रिकेटलाई थप उचाइमा पुर्याउन यो ग्रुप निरन्तर लागिपरेको छ ।

कर्पोरेट जगत र क्रिकेटलाई एउटै प्लाटफर्ममा ल्याउने उद्देश्यले आयोजना हुन लागेको कर्पोरेट टी-१० लाई माया ग्रुपले आफ्नो प्रविधिक र व्यवस्थापकीय अनुभवमार्फत सहयोग गर्नेछ । यो सहकार्यले कर्पोरेट टी–१० लिगको व्यावसायिक विस्तारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।

माया ग्रुपका अध्यक्ष राज पाण्डेले कर्पोरेट टी–१० जस्तो प्रतिष्ठित प्रतियोगितासँग सहकार्य गर्न पाउनु आफ्नो संस्थाका लागि गौरवको विषय भएको उल्लेख गरे ।

उनले व्यस्त जीवनशैलीका बीच यस्तो प्रतियोगिताले कर्पोरेट क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले क्रिकेट र कर्पोरेट क्षेत्रलाई एकसाथ जोड्ने अवसर सिर्जना गरेकोमा आयोजकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै यसले खेलकुद र पेशागत जीवनबीच सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालिका निर्देशक ज्योति भण्डारीले कर्पोरेट टी–१० लिग र माया ग्रुपबीचको सहकार्यप्रति खुसी व्यक्त गरेका छन् ।

उनले माया ग्रुपजस्तो प्रतिष्ठित संस्थाको साथ पाउनु लिगका लागि गौरवको विषय भएको बताए । साथै, माया ग्रुपले लामो समयदेखि नेपाली क्रिकेटलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै, यस्तो सहकार्यले प्रतियोगिताको स्तर अझ उकास्ने विश्वास व्यक्त गरे ।

कर्पोरेट टी–१० लिग वैशाख १३ देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।

कर्पोरेट टी–१० लिग माया ग्रुप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय