+
+
Shares

अमृत झा अझै भएका छैनन् रिहा, प्रक्रिया जारी

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र मन्त्रालयले २ वैशाखमै झा रिहा भएको जानकारी दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इरानमा पक्राउ परेका नेपाली अमृत झाको स्थानीय अदालतबाट रिहा आदेश पाएपछि रिहाइ प्रक्रिया अघि बढेको छ।
  • परराष्ट्र मन्त्रालयले अदालतको आदेशपछि रिहाइ प्रक्रियामा रहेको र आवश्यक समन्वय गरिरहेको जनाएको छ।
  • अमृतसँगै ७ जना मध्ये ४ जना रिहा भइसकेका छन् भने उनी र अन्य दुई जनाको रिहाइ प्रक्रिया जारी छ।

८ वैशाख, काठमाडौं । इरानमा पक्राउ परेका नेपाली अमृत झाको रिहाइ प्रक्रिया जारी छ । स्थानीय अदालतबाट रिहा आदेश पाएपछि उनको रिहाइ प्रक्रिया अघि बढेको हो ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र मन्त्रालयले २ वैशाखमै झा रिहा भएको जानकारी दिएका थिए । स्थानीय अदालतबाट रिहाइका लागि आदेश भएको र सोही आधारमा उनी रिहा भएर इरानको केश्म आइल्यान्ड (समुद्री टापु) मा सुरक्षित रहेको बताएका थिए । तर, उनी अझैसम्म रिहा भइनसकेको पाइएको हो ।

अदालतको आदेशपछि रिहाइ प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अदालतको आदेशपछि रिहाइ प्रक्रियामा रहेको र मन्त्रालयले आवश्यक समन्वय गरिरहेको बताए ।

उनीहरूको जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै इरानको होर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनीसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

पानी जहाज सहित ७ जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा चलाएइको थियो । अदालतको आदेशपछि जहाजमा रहेका ७ जनामध्ये ४ जना यसअघि नै रिहा भइसकेका छन् भने अमृत सहित ३ जनाको रिहाइ प्रक्रिया अघि बढिरहेको हो ।

जुलाई २०२४ मा वैदेशिक रोजगारीका लागि यूएई गएका अमृत ‘अल लुलु मरिन सर्भिसेस एलएलसी’ को पानी जहाजमा ‘सीम्यान’ का रूपमा काम गर्दै आएका थिए ।

इरान पुगेर फर्किने बेला इरानी सुरक्षाकर्मीले जहाज सहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको केही दिनपछि अमृतले ह्वाट्स एपमार्फत अडियो म्यासेज पठाउँदै आफू पक्राउ परेको र रिहाइका लागि सरकारसँग पहल गर्न अनुरोध गरेका थिए ।

सोही आधारमा परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा कतारमा रहेको नेपाली दूतावासले रिहाइका लागि पहल गरेका थिए ।

यसअघि नै रिहाइ भइसकेको भन्ने विषयमा परराष्ट्र मन्त्रालयले बुझाइमा फरक परेको जनाएको छ । रिहाइ प्रक्रिया अघि बढेको त उनी हालसम्म रिहा भने भइनसकेको परराष्ट्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?