News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।
- एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले गृहमन्त्रीसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
- एमालेले उच्चस्तरीय संयन्त्र गठन गरी गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न तत्काल अनुसन्धान सुरु गर्न माग गरेको छ।
८ वैशाख, काठमाडौं । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा गृहमन्त्री गुरुङसँग सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ । यसका लागि नेकपा (एमाले) स्पष्ट रूपमा भन्छ–अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ,’ एमालेले आफ्नो विज्ञप्तिमा भनेको छ ।
गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गर्न पनि एमालेले माग गरेको छ ।
‘साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहीत बनाउन तुरुन्त मार्गप्रशस्त गर्न हामी माग गर्दछौं,’ एमालेले भनेको छ ।
प्रतिक्रिया 4