News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल ए ले ओमानसँगको अभ्यास एकदिवसीय खेलमा २८१ रनको लक्ष्य पाएको छ।
- ओमानले ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनाएको छ।
- आकाश चन्दले ९ ओभरमा ४ विकेट लिएर नेपाल ए को प्रदर्शन सशक्त बनाएका छन्।
९ वैशाख, काठमाडौं । ओमानसँगको अभ्यास एकदिवसीय खेल जित्न नेपाल ए ले २८१ रनको बलियो लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर २८० रन बनाएको हो ।
ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ७२ रन बनाए । कप्तान जतिन्दर सिंहले ५८ रन बनाए । हाशिर दाफेदारले ४६, आशिष ओडेराले २७ तथा विनायक शुक्लाले २५ रन बनाए ।
नेपाल ए का आकाश चन्दले ९ ओभरमा ३१ रन दिएर ४ विकेट लिए । सन्तोष यादवले २ तथा शाहब आलम, राशिद खान, शेर मल्लले १-१ विकेट लिए ।
लिग २ शृंखलाको तयारी अनि नेपाल ए को टोलीको एक्सपोजरका लागि अभ्यास एकदिवसीय खेलको आयोजना भएको हो ।
प्रतिक्रिया 4