News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय खेल संघमा देखिएको विवाद समाधानका लागि भान बहादुर चन्दको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
- कार्यदलमा राखेप सदस्य कमल भट्टराई, सुवर्ण श्रेष्ठ, रञ्जना प्रधान, युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधि, सरोज कुमार पोखरेल र सानुराज केसी सदस्य छन् ।
- कार्यदललाई राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम ४५ दिनभित्र समस्या समाधानका लागि सुझाव पेश गर्न भनिएको छ ।
१० वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालको विभिन्न राष्ट्रिय खेल संघहरुमा देखिएको विवाद समाधानका लागि भान बहादुर चन्दको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ ।
राखेप कार्यकारी समितिको मंगलबार बसेको बैठकले राखेप कार्यकारी समिति सदस्य भान बहादुर चन्दको संयोजकत्मा कार्यदल गठन गरिएको राखेप सदस्य सचिव राम चरित्र मेहताले जानकारी दिए ।
पछिल्लो समय नेपाली खेलकुदमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघदेखि संघ भित्रको आन्तरिक विवाद लगायत विभिन्न समस्याहरु छन् । ती समस्याहरु समाधानका लागि गठित कार्यदलमा राखेप कार्यकारी समितिका सदस्यहरु कमल भट्टराई, सुवर्ण श्रेष्ठ र रञ्जना प्रधान सदस्य छन् । यस्तै युवा तथा खेलकुद मन्त्रालयको एक प्रतिनिधि, राखेपकै सरोज कुमार पोखरेल र सानुराज केसी कार्यदलमा सदस्य छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ४२ बमोजिम गठन गरिएको कार्यदललाई खेल संघको समस्या समाधान गर्न सुझाव पेश गर्नका लागि ४५ दिनको समसयसिमा दिइएको छ ।
विभिन्न राष्ट्रिय खेल संघ, महासंघहरुमा आवधिक निर्वाचन, संगठन संरचना निर्माण, लेखा व्यवस्थापन र आर्थिक पारदर्शिता तथा संस्था संचालनका विषयमा समस्याहरु देखिँदै आएको र त्यसले खेलकुद क्षत्रेको विकास, सुशानस र अन्तर्राष्ट्रिय छविमा नकरातम्क प्रभाव परेको भन्दै ति विवादहरुको पिहचान गरि विवाद समाधानको उपाय सिफारिस गर्न र खेलकुद क्षेत्रको दीर्घकालीन विकास र सुधारका लागि आवश्यक पर्ने सुझावहरु दिनका लागि कार्यदल गठन गरिएको हो ।
प्रतिक्रिया 4