News Summary
Generated by OK AI. Editorially reviewed.- सुपरफुडहरू पोषणले भरिपूर्ण हुन्छन् तर तिनीहरूमा कुनै जादुई गुण हुँदैन र सन्तुलित सेवन आवश्यक हुन्छ।
- प्रोटिन केवल युवा बडीबिल्डरका लागि होइन, वृद्धहरूले मांसपेशी मर्मतका लागि पनि आवश्यक हुन्छ।
- पानीको रिटेन्सन समस्या हुँदा कम पानी पिउनु हुँदैन, यसले समस्या झन् गम्भीर बनाउँछ।
प्रतिदिन एउटा स्याउ खाएपछि डाक्टरकोमा जान नपर्ने भन्ने उखानमा विश्वास गर्ने व्यक्तिहरूको संख्या सायद निकै कम होला । तर ठूला र बढी चर्चित मिथकहरूको हकमा कुनमा विश्वास गर्ने र कसमा नगर्ने भन्ने निर्णय गर्न गाह्रो हुन्छ ।
मानव शरीरको बनावट अत्यन्त जटिल छ र धेरै पटक यसमा आधारित अधिकांश थ्योरीहरूको कुनै आधार नै हुँदैन । हामी यस्तै केही आधारहीन थ्योरीहरूको सत्यताबारे जानकारी गराउँदै छौं ।
१. मिथक : सुपरफुडहरूमा सुपरपावर हुन्छ
सत्य : यिनका आफ्नै फाइदाहरू छन्, तर यिनमा कुनै जादुइ गुण हुँदैन । सुपरफुडको मतलब पोषणले भरिपूर्ण आहार हो, जसले अरूको तुलनामा अलिक बढी पोषण प्रदान गर्छ, तर यी खानेकुरा मात्र पर्याप्त छन् भन्ने हुँदैन । आफ्नो शरीरको आवश्यकतालाई ध्यान दिएर यिनको सेवनमा सन्तुलन कायम राख्नुपर्छ ।
२. मिथक : प्रोटिन युवा बडीबिल्डरहरूका लागि मात्र हो
सत्य : प्रोटिनलाई धेरै गलत बुझिन्छ । यो मुख्य रूपमा मांसपेशी बनाउने, छिटो अवशोषित हुने, अमिनो एसिडको सरल प्रकार हो जसले मांसपेशीहरूलाई मर्मत गर्न प्रभावकारी हुन्छ । प्रोटिन सप्लिमेन्ट अनिवार्य रूपमा मांसपेशी बनाउनका लागि दिइएको हुँदैन । यो शरीरको प्रोटिन आवश्यकता पूरा गर्नका लागि दिइएको पनि हुनसक्छ, किनकि नेपाली खानाहरु मुख्य रूपमा कार्बोहाइड्रेटमा आधारित हुन्छन् ।
जसरी उमेर बढ्दै जान्छ, प्रोटिनको आवश्यकता पनि बढ्दै जान्छ र मांसपेशी क्षतिको गति बढ्छ । वृद्धहरूका लागि आफ्नो आहारमा उपयुक्त प्रोटिन सप्लिमेन्ट समावेश गर्नु अत्यन्त आवश्यक हुन्छ, जसले मांसपेशी मर्मत, ताकत र स्ट्यामिना कायम राख्न मद्दत गर्छ । यो वर्कआउटपछि मात्र लिने आहार होइन । दैनिक प्रोटिन आवश्यकता पूरा गर्न कुनै पनि समयको भोजनसँग लिन सकिन्छ ।
३. मिथकः खाना खाने बेला पानी पिउँदा पोषण नष्ट हुन्छ
सत्य : यो पनि एउटा मिथक हो । आफ्नो पेटलाई मिक्सर जस्तो ठान्नुपर्छ । जसले खानेकुरालाई मिक्स गरेर अवशोषणका लागि तयार पार्छ । यदि खानामा पुरानो समयको जस्तो दाल, तरकारीको रस र मही जस्ता चिजहरू छन् भने पानी बिना पनि काम चल्न सक्छ । तर सुक्खा खानेकुराहरू खाँदा पाचनका लागि तरल पदार्थको आवश्यकता पर्छ । राम्रो पाचनका लागि खानासँगै पानि पनि अत्यन्त आवश्यक छ ।
४. मिथक : पानीको रिटेन्सन समस्या भए कम पानी पिउनुपर्छ
सत्य : पानीको रिटेन्सन प्रोटिनको कमी, इलेक्ट्रोलाइटको असन्तुलन वा अन्य कुनै मेडिकल अवस्थाका कारण हुन्छ । कम पानी पिउँदा शरीर पानी जम्मा गर्न थाल्छ, किनकि उसलाई पोषकतत्वहरू पूरै शरीरमा पुर्याउन र धेरै आधारभूत प्रक्रियाहरू गर्न पानी चाहिन्छ । त्यसले पानी संरक्षण गर्छ र समस्या झन् गम्भीर हुन्छ ।
५. मिथक : चिल्लोहरू सधैं खराब हुन्छन्
सत्य : यदि शरीर धेरै पातलो बनाउने चक्करमा चिल्लो खाँदै नखाने गर्नुहुन्छ भने यो गलत हो । चिल्लो पदार्थ शरीरको शत्रु होइनन् । हामीलाई स्वस्थ चिल्लोहरू चाहिन्छ, जस्तैः ओलिभ आयल, बदामको तेल, राइस ब्रान आयल, एक्स्ट्रा भर्जिन कोकोनट आयल, घिउ र फलहरू जसमा ओमेगा–३ को राम्रो स्रोत हुन्छ ।
प्रशोधित मासु, प्रशोधित खानेकुरा र उच्च सोडियमयुक्त प्याकेटका खानेकुरा भने स्वास्थ्यका लागि राम्रा हुँदैनन्, यिनलाई आहारबाट हटाउनुपर्छ ।
६. मिथक : डाइट गर्नेलाई रेस्टुरेन्टको खाना खराब हुन्छ
सत्य : डाइटको पालना कुनै सजाय होइन, बरु जीवनशैलीमा केही सुधार ल्याउने कुरा हो । यसको मतलब खाने–पिउने आयोजना भएका सबै सामाजिक कार्यक्रममा जान बन्द गर्नुपर्छ भन्ने होइन । बाहिर खाँदा पनि धेरै स्वस्थ विकल्पहरू उपलब्ध हुन्छन् जसबाट छान्न सकिन्छ । हरियो सलाद, क्लियर सुप, मिक्स तरकारी वा स्वस्थ खानेकुरा छानेर खान सकिन्छ ।
७. मिथक : फ्रुट जुसले तौल घटाउन मद्दत गर्छ
सत्य : फ्रुट जुस क्यालोरीले भरिपूर्ण पेय पदार्थ हुन् । एक गिलास सुन्तलाको जुस बनाउन ४–५ वटा सुन्तला चाहिन्छ, जबकि एउटा सुन्तला मात्र पनि खान सकिन्छ । यसबाहेक फलहरू जुसबारे बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने जुस बनाउँदा फाइबर अलगिन्छ र जुस फ्रक्टोजले भरिपूर्ण पेय बन्छ । जुसको सट्टा फाइबरसहित पूरा फल खानु डाइट गरिरहेका र क्यालोरी नियन्त्रण गरिरहेका व्यक्तिका लागि राम्रो निर्णय हुन्छ ।
८. मिथक : तौल घटाउन कार्बोहाइड्रेट छाड्ने र प्रोटिन मात्रै खानुपर्छ
सत्य : सबैभन्दा स्वस्थ आहार पनि यदि कति कम गर्ने, कति खो थाहा नभए खराब साबित हुन सक्छ । अण्डा र स्प्राउट्समा मात्र बाँच्न सकिँदैन र यसबाट स्वस्थ तरिकाले तौल पनि घटाउन सकिँदैन । शरीरलाई पोषकतत्वको सन्तुलन चाहिन्छ । स्वस्थ तरिकाले तौल घटाउन र शरीरलाई त्यस अवस्थामा राख्न बुद्धिमानी र व्यावहारिक जीवनशैली तथा स्वस्थ डाइट योजना आवश्यक हुन्छ ।
९. मिथक : तातो पानीले नुहाउनु आरामदायी हुन्छ
सत्य : छालाको हिसाबले यो बानी निकै हानिकारक हुन सक्छ । लामो तातो शावरले छालाको प्राकृतिक तेल नष्ट गर्न सक्छ । यसले छालालाई सुक्खा, बढी संवेदनशील बनाउँछ र चिलाउने समस्या बढाउँछ । यसको सट्टा मनतातो पानीले छोटो समय नुहाउनु राम्रो हुन्छ ।
१०. मिथक : केरा, चामल र आलुले मोटोपन बढाउँछ
सत्य : यी खानेकुराहरू प्राकृतिक र स्वस्थ आहारका हिस्सा हुन्, यिनलाई जंक फुडको दर्जा दिन मिल्दैन । आलु र चामलको नाममा रोइलो गर्नु गलत हो, खासगरी यदि सोडियमयुक्त स्न्याक्स खाएर र बियर पिउँदै हुनुहुन्छ भने । सबै फल, तरकारी र कार्बोहाइड्रेट्स, भिटामिन र मिनरलहरूको संयोजन दिन्छन् जसको थोरै मात्रामा भए पनि शरीरलाई आवश्यकता हुन्छ । सबै प्रकारका खानेकुराहरू आफ्नो आहारमा समावेश गर्नुपर्छ ।
११. मिथक : वर्कआउट अघि पानी पिउँदा बिरामी पर्न सकिन्छ
सत्य : व्यायाम गर्नुअघि, व्यायाम गर्दा र व्यायामपछि कुनै पनि समय पानी पिउनु राम्रो हुन्छ किनकि यसले हाइड्रेटेड राख्छ । तर कति पानी पिउने भन्ने उमेर, लिङ्ग, उचाइ, तौल र व्यायामको तीव्रता तथा अवधिमा निर्भर गर्छ ।
१२. मिथक : वेट ट्रेनिङ गर्दा महिलाहरूको शरीर र भारी बन्छ
सत्य : महिलाहरूमा बढी एस्ट्रोजन हुन्छ जसले शरीर चाँडै फुल्दैन । पुरुषहरूको मांसपेशी चाँडै बन्छ किनकि उनीहरूमा टेस्टोस्टेरोन हुन्छ । स्ट्रेन्थ ट्रेनिङले महिलाहरूलाई शरीरको फ्याट घटाउन, दुब्लो–पातलो मांसपेशीको तौल बढाउन र क्यालोरी राम्ररी घटाउन मद्दत गर्छ ।
प्रतिक्रिया 4