+
+
Shares

अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासोको समाधान लोकतन्त्रको विकल्प होइन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्म व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आवश्यक भएको बताएका छन्।
  • थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरू जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनु साझा दायित्व भएको उल्लेख गरेका छन्।
  • उनले लोकतन्त्रको विकल्प नभई अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र आवश्यक रहेको बताएका छन्।

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनु साझा दायित्व भएको उल्लेख गरेका छन् ।

‘आजको यथार्थमा अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासो छ । तर, यसको समाधान लोकतन्त्रको विकल्प होइन, अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्र नै हो,’ थापाले भनेका छन्, ‘संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?