News Summary
Generated by OK AI. Editorially reviewed.- मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ।
- आयोगका सहाक प्रवक्ता श्यामबाबु काफ्लेले सरकारले बागमती नदी किनारलगायत विभिन्न स्थानका सुकुमवासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानाकर्षण गराएको बताए।
- सरकारले भोलि बिहानदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने तयारी गरेको र बस्ती खाली गराउन भनिसकेको छ।
११ वैशाख, काठमाडौं । मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका सहाक प्रवक्ता श्यामबाबु काफ्लेले विज्ञप्ति जारी गरी सरकारले बागमती नदी किनारलगायत विभिन्न स्थानका सुकुमवासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेका हुन् ।
आयोगले यस विषयमा विगत गरेको सिफारिस पनि कार्यान्वयन सम्बन्धमा जानकारी पनि माग गर्दै सरकारलाई पत्र पठाइएको बताएको छ ।
सरकारले भोलि बिहानदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने तयारी गरेको छ । यसका लागि बस्ती खाली गराउन पनि भनिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4