News Summary
Generated by OK AI. Editorially reviewed.- रुवान्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग २२ रनले पराजित भयो ।
- ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा ७५ रनमा अलआउट भयो ।
- प्रतियोगितामा चार खेल खेल्दा नेपालको यो दोस्रो हार हो ।
११ वैशाख, काठमाडौं । रुवान्डामा भईरहेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत आफ्नो चाैथो खेलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको छ ।
भानुआटुले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा ७५ रनमा अलआउट भयो ।
प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि अमेरिकासँग पराजित चएको नेपालले इटली र रुवान्डालाई हराएको थियो ।
नेपालको लागि ओपनर सम्झना खड्काले सर्वाधिक २४, कप्तान ईन्दु बर्माले १३ र कविता कुँवरले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालले राम्रो सुरुवात गरेपनि ब्याटिङमा फेरि संघर्ष गर्दा पूरा ओभर पनि नखेली अलआउट भयो । ४५ रन हुँदा ३ विकेट गुमाएको नेपालले त्यसपछि थप ३० रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो ।
भानुआटुको लागि नासिमाना नभैकाले र भानेसा भिराले ३-३ तथा सेलिना सोलमानले २ विकेट लिए । राचेफ आन्द्रेले १ विकेट लिईन् ।
त्यसअघि किगालीस्थि गहंगा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको हो
भानुआटुकी भालेन्टा लाङ्गिएटुले सर्वाधिक ४२ रन बनाईन् ।
नेपालका लागि रिया शर्माले २ तथा मनिषा उपाध्यक्ष, कविता कुँवर, रचना उपाध्यायले १-१ विकेट लिए ।
प्रतिक्रिया 4