News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व चर्चित नेपाली ट्रेल रनर सुनमाया बुढा जापानको भिसा नपाउँदा वर्ल्ड ट्रेल मेजर्स २०२६ अन्तर्गत माउन्ट फुजी १०० मा सहभागी हुनबाट वञ्चित भएकी छिन्।
- एसिया प्यासिफिक एड्भेन्चर एथलेटकले जापानको दूतावासले भिसा अस्वीकार गरेको जनाएको छ ।
- गत वर्ष वर्ल्ड ट्रेल मेजर्स विजेता सुनमायाले यस वर्ष मध्यपूर्व असरले फ्लाईट टिकट नपाउँदा स्पेनको पहिलो रेस गुमाएकी थिइन् ।
११ वेशाख, काठमाडौं । जापानको भिसा नपाउँदा विश्व चर्चित नेपाली ट्रेल रनर सुनमाया बुढा वर्ल्ड ट्रेल मेजर्स (डब्लुटिएम) २०२६ अन्तर्गत माउन्ट फुजी १०० मा सहभागी हुनबाट वञ्चित भएकी छिन् ।
सुनमायाको रेस व्यवस्थापन गरिरहेको हङकङ बेस्ड एजेन्सी एसिया प्यासिफिक एड्भेन्चर एथलेट (एपीए एथ्लेट)ले शुक्रबार आफ्नो फेसबुमा एक पोस्ट राख्दै जापानको भिसा नपाउँदा सुनमायाले रेस गुमाउने उल्लेख गरेको छ ।
एपीए एथलेटले सुनमाया विश्वस्तरको एथ्लेट हुँदा हुँदै पनि नेपालमा रहेको जापानिस एम्बेसीले भिसा रिजेक्ट गरेको भन्दै दु: व्यक्त गरेको छ ।
‘सुनमाया यस सप्ताहन्तमा माउन्ट फुजी १०० माइल दौडमा भाग लिने योजना बनाइरहेकी थिइन्, तर आयोजकबाट निमन्त्रणा पत्र र आवश्यक कागजात हुँदाहुँदै पनि जापान दूतावासले उनको भिसा अस्वीकार गर्यो । जबकी उनी आफ्नो खेलमा विश्वका शीर्ष व्यावसायिक खेलाडीमध्ये एक हुन्, एसिया प्यासिफिक एड्भेन्चर एथलेटले आप्नो पोस्टमा लेखेको छ । ‘यो निखै दु:खद कुरा हो । दूतावासले जवाफमा थप कागजात वा प्रमाण पेश गर्ने अवसरसमेत दिएन, र फेरि ६ महिनासम्म आवेदन दिन नपाउने गरी प्रतिबन्धसमेत लगाइयो । यो साँच्चिकै निराशाजनक अनुभव हो ।’

गत वर्ष वर्ल्ड ट्रेल मेजर्सको विजेता बनेकी सुनमायाले मध्यपूर्व असरले गर्दा फ्लाईट टिकट नपाउँदा यस वर्ष वर्ल्ड ट्रेल सिरिज अन्तर्गत स्पेनमा भएको पहिलो ईभेन्ट पनि गुमाएकी थिईन् ।
वर्ल्ड ट्रेल मेजर्स (डब्लुटीएम) २०२५ को लामो दूरीमा च्याम्पियन बनेकी सुनमाया नयाँ सिजन वर्ल्ड ट्रेल मेजर्सलाई लिएर निकै उत्सहित थिइन्न । तर विभिन्न कारणले गर्दा लगातार रेसमा भाग लिन नपाउँदा अहिले सुनमाया मात्र नभएर नेपाल देखि अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा ट्रेल कम्युनिटीले पनि दु:ख व्यक्त गरेको छ ।
प्रतिक्रिया 4