+
+
Shares

उच्छृङ्खल र अराजक गतिविधि गर्नेमाथि कारबाही गर्ने नेपाली सेनाको चेतावनी

नेपाली सेनाले सेनाले संगठन र आफ्नो नेतृत्वलाई विभिन्न आरोप लगाउँदै अभिव्यक्ति दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले संगठन र नेतृत्वलाई विभिन्न आरोप लगाउँदै अभिव्यक्ति दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • सेनाले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रशारण भएका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति सचेत गराएको छ।
  • सेनाले यस्ता सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गरेको भन्दै प्रचलित कानुनको दायरामा रहने स्मरण गराएको छ।

११ वैशाख, काठमाडौं । नेपाली सेनाले सेनाले संगठन र आफ्नो नेतृत्वलाई विभिन्न आरोप लगाउँदै अभिव्यक्ति दिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक प्रेस नोट जारी गर्दै केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नेपाली सेना तथा नेतृत्वलाई उल्लेख गरी प्रशारण भएका तथ्यहीन सूचना एवम् अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सेनाले यस्ता सामग्रीले आम नागरिकमा भ्रम सिर्जना गरेको भन्दै यसो नगर्न सचेत पनि गराएको छ ।

‘नेपाली सेना र सम्बन्धित निकायहरूले यस किसिमका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको हुँदा त्यस्ता कार्य गर्ने व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने बेहोरासमेत स्मरण गरिन्छ,’ सेनाको चेतावनी छ ।

सेनाले आधारहीन र द्वेषपूर्ण समाचार तथा टिकाटिप्पणीहरूलाई विश्वास नगर्न पनि भनेको छ ।

यस्तो छ सेनाको प्रेस नोट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?