+
+
Shares

मनोहराको सुकुमवासी बस्तीमा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंस्थित मनोहरामा रिपोर्टिङ गर्ने क्रममा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि स्थानीय बस्तीबासीहरूले साँझ करिब ७ बजे आक्रमण गरेका छन्।
  • उनको नाकमा चोट लागेको छ र आक्रमण सुरक्षाकर्मीको टोली डोजरसहित मनोहरामा पुगेपछि भएको हो।
  • सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने क्रममा उनीमाथि आक्रोशित समूहले आक्रमण गरेको थियो।

१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ ।

साँझ करिब ७ बजे  उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् ।

उनको नाकमा चोट लागेको छ ।  क्यामेराको मेमोरी कार्ड पनि स्थानीयले खोसेका छन् । उनी अस्पतालमा उपचाररत छन् ।

सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने पुगेका उनीमाथि त्यहाँ आक्रोशित समूहले आक्रमण गरेको थियो ।

दिउँसो थापाथली र  सिनामंगल खाली गराउँदा अवस्था शान्त थियो । तर मनोहरामा सुरक्षाकर्मीहरूको टोली डोजरसहित पुगेपछि स्थानीयहरू आक्रोशित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?