Listen News
0:00
0:30
News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले शनिबार मध्यरातसम्मको बक्सअफिस विवरण सार्वजनिक गरेको छ।
- फिल्म 'राम नाम सत्य'ले देशब्यापी ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस कमाएको छ।
- फिल्म 'पहाड'ले ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस कमाएको छ र १९ हजार ५३९ जना दर्शकले हेरेका छन्।
काठमाडौं । पछिल्लो शनिबारसम्मको प्रदर्शनरत नेपाली फिल्मको बक्सअफिस विवरण सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डले शनिबार मध्यरातसम्मको ग्रस कलेक्सन बाहिर ल्याएको हो । जसअनुसार, विराज भट्ट र सुशील श्रेष्ठ स्टारर एक्सन ड्रामा ‘राम नाम सत्य’ले देशब्यापी ३ करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस कमाएको छ ।
सोही अवधिसम्म यो फिल्मलाई १ लाख १७ हजार ५६४ जना दर्शकले हेरेका छन् ।
विवरणअनुसार, तुलसी घिमिरे निर्देशित ‘पहाड’ ब्यापारमा धेरै कमजोर देखिएको छ । शनिबारसम्म यो फिल्मको कुल ग्रस ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस छ ।
यो फिल्मलाई १९ हजार ५३९ जना दर्शकले हेरेका छन् । बोर्डले विदेशी फिल्मको ब्यापारको विवरण भने सार्वजनिक गरेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4