News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहको बजेट उपयोग क्षमता क्रमशः ७१.३ प्रतिशत र ७६.४ प्रतिशत रहेको बताएको छ।
- मन्त्रालयले प्राविधिक तथा व्यवस्थापकीय क्षमता सीमित हुँदा प्रदेश र स्थानीय तहले विनियोजन स्रोतको पूर्ण उपयोग गर्न नसकेको उल्लेख गरेको छ।
- संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल बजेटको २२.६ प्रतिशत वित्तीय हस्तान्तरण भइरहेको र कुल खर्चमा उनीहरूको हिस्सा करिब एक तिहाइ रहेको अर्थ मन्त्रालयले जनाएको छ।
१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले अहिले प्रदेश र स्थानीय तहको समेत खर्च क्षमता कमजोर रहेको बताएको छ ।
नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा प्राविधिक तथा व्यवस्थापकीय क्षमता सीमित हुँदा विनियोजन स्रोतको पूर्ण उपयोग हुन नसकेको बताएको हो ।
समग्रमा प्रदेश र स्थानीय तहले समेत खर्च गर्न नसक्दा अर्थतन्त्रमा माग सिर्जना हुन नसेकेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहको बजेट उपयोग क्षमता क्रमश: ७१.३ प्रतिशत र ७६.४ प्रतिशत छ ।
वित्तीय संघीयता लागु भएपछि संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा कुल बजेटको २२.६ प्रतिशत रकम वित्तीय हस्तान्तरणका लागि विनियोजन भएको समेत अर्थले जनाएको छ ।
राजस्व बाँडफाँट मार्फत संघीय सरकारले संकलन गरेको करिब ११ प्रतिशत राजस्व समेत हस्तान्तरण हुँदै आएको छ । उता, कुल राजस्व संकलनमा प्रदेश र स्थानीय तहको योगदान भने १० प्रतिशतभन्दा पनि कम छ । तीन तहको सरकारको कुल खर्चमा प्रदेश र स्थानीय तहको खर्च करिब एक तिहाइ छ ।
प्रतिक्रिया 4