+
+
Shares

एक दशकयता ह्वात्तै घट्यो वैदेशिक अनुदान, सहायतामा चुलियो ऋणभार

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक ऋण हिस्सा ८१.१ प्रतिशत र अनुदान हिस्सा १८.९ प्रतिशत छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते १७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७१/७२ देखि २०८१/८२ सम्म वैदेशिक ऋणभार ह्वात्तै बढेको जानकारी दिएको छ।
  • आव २०८१/८२ मा वैदेशिक ऋण हिस्सा ८१.१ प्रतिशत र अनुदान हिस्सा १८.९ प्रतिशत रहेको अर्थ मन्त्रालयले बताएको छ।
  • वैदेशिक सहायता परिचालन घट्दै गएको र परियोजना कार्यान्वयन सुस्त हुँदा नगद व्यवस्थापनमा दबाब परेको मन्त्रालयले उल्लेख गरेको छ।

१४ वैशाख, काठमाडौं । अर्थ मन्त्रालयले पछिल्लो एक दशकयता वैदेशिक सहायतामा ऋणभार ह्वात्तै बढेको जानकारी दिएको छ ।

अर्थतन्त्रको वर्तमान स्थितिपत्र सार्वजनिक गर्दै मन्त्रालयले वैदेशिक सहायता परिचालनमा वैदेशिक ऋण हिस्सा बढ्दै र अनुदान हिस्सा घट्दै गएको बताएको हो ।

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक ऋण हिस्सा ८१.१ प्रतिशत र अनुदान हिस्सा १८.९ प्रतिशत छ ।

आव २०७१/७२ मा वैदेशिक ऋण हिस्सा ५७.४ प्रतिशत र अनुदान हिस्सा ४२.६ प्रतिशत थियो । उता, समग्र वैदेशिक सहायता परिचालन नै घट्दो क्रममा रहेको समेत अर्थले जनाएको छ ।

१० वर्षमा वैदेशिक सहायताको कुल बजेटको वार्षिक औसत २१.५ प्रतिशत हिस्सा ओगटेको छ । २०८२/८३ मा भने यस्तो हिस्सा १४.६ प्रतिशतमा सीमित छ ।

वैदेशिक सहायतामा परिचालित परियोजना कार्यान्वयन सुस्त रहने र समयमै सोधभर्ना नहुँदा वैदेशिक सहयोगमा कमी आएको र नगद व्यवस्थापनमा समेत दबाब सिर्जना भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?