News Summary
Generated by OK AI. Editorially reviewed.- सिंहदरबारभित्रको ग्यालरी बैठक भवनको रेट्रोफिटिङ कार्य प्रेरा निर्माण सेवा प्रालिले गर्दैछ।
- भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो र ६ जेठ २०८१ मा सम्झौता गरिएको थियो।
- निर्माण कार्य ६ मंसिरभित्र सम्पन्न गरिसक्नुपर्नेछ र लागत करिब ३९ करोड रुपैयाँ छ।
१५ वैशाख, काठमाडौं । सिंहदरबारभित्र रहेको ग्यालरी बैठक भवनको प्रवलीकरण (रेट्रोफिटिङ) कार्य धामधम भइरहेको छ ।
प्रेरा निर्माण सेवा प्रालि ललितपुरले भवनको रेट्रोफिटिङ कार्य गरिरहेको हो ।
ग्यालरी बैठक भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । शहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले उक्त निर्माण कम्पनीसँग ६ जेठ २०८१ मा सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले ६ मंसिरभित्र भवनको रेट्रोफिटिङ निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने छ ।
आयोजनाको लागत करिब ३९ करोड रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4