News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न तीन वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।
- बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
- सोमबार सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश पनि सिफारिस गरेको थियो।
१६ वैशाख, काठमाडौं । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो ।
विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई अध्यादेशका रूपमा जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।
यसअघि सोमबार सरकारले दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । त्यतिबेला सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4