News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सभापति रवि लामिछानेले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको अध्यादेशबारे संसदीय दलको बैठकमा पार्टीको धारणा सुनाएका छन् ।
- उनले विगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्ति सच्याउन यो अध्यादेश ल्याइएको र यसले जनताको अपेक्षा पूरा गर्ने बताए ।
- लामिछानेले पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न प्रयोग हुने गरेको तर अहिले कानुनी दायरामा आवश्यक सुधारका लागि ल्याइएको उल्लेख गरे ।
१६ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको अध्यादेशबारे भइरहेको टिकाटिप्पणीबारे पार्टीको धारणा सांसदहरूलाई सुनाएका छन् । बुधबार बसेको संसदीय दलको बैठकमा उनले विगतमा भएको अनावश्यक, दलीयकरण र गलत नियुक्ति सच्याउन लागेको बताएका हुन् ।
उनले विगतका सरकारले अध्यादेश ल्याउँदा दल विभाजन र विपक्षीलाई थुन्न ल्याएको आरोप लगाउँदै यसपटक गलतलाई सच्याउन अध्यादेश ल्याइएको बताए ।
‘बिगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिलाई नसच्याए सम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न सकिँदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवस्यक सुधारको लागि हो,’ उनले सांसदहरूलाई भने, ‘यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो । कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सुचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ ।’
उनले विगतमा प्रधानमन्त्रीकै पार्टीकै सांसद लेखा समिति बनेको उदाहरण रहेको भन्दै रास्वपाले भने त्यसलाई सच्याएको बताए ।
प्रतिक्रिया 4