+
+
Shares

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ।
  • राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले उक्त अध्यादेश दर्ता भइसकेको र अध्ययनको क्रममा रहेको बताए।
  • सरकारले जम्मा ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ, जसमा सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन्।

१८ वैशाख, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।

‘सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पनि यसअघि नै आइसकेको हो, अध्ययनको क्रममै छ,’ उनले भने ।

सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।

जसमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।

अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए ।

संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?