+
+
Shares

एमालेमा अनलाइन माध्यमबाट पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव

‘यदि कसैले सदस्यता नवीकरण गर्दिनँ भन्छ भने ऊ स्वत: पार्टीबाट विदा भइहाल्छ, त्यो पुरानै कुरा हो,’ ती पदाधिकारी भन्छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पार्टी सदस्यता नवीकरण अनलाइन माध्यमबाट गर्ने तयारी गरेको छ।
  • संगठन विभागले भौतिक उपस्थितिको सट्टा अनलाइन नवीकरण प्रस्ताव तयार पारेको छ।
  • सदस्यता नवीकरण नगर्नेलाई स्वत: कमिटीबाट बिदा गर्ने प्रस्ताव पनि तयार भएको छ।

२० वैशाख, काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरणलाई अनलाइन माध्यमबाट गर्ने तयारी गरेको छ ।

यसअघि भौतिक रूपमा उपस्थित भएर मात्रै नवीकरण गर्ने नीति लिएको थियो । तर त्यो शैली बदल्ने प्रस्ताव संगठन विभागले राखेको छ ।

‘भौतिक रूपमा आफैं उपस्थित भएर सदस्यता नवीकरण गर्ने नीति थियो, तर अब अनलाइनमा जाने कि भनेर संगठन विभागले प्रस्ताव तयार पारेको छ,’ एक पदाधिकारीले भने । तर उनका अनुसार उक्त प्रस्तावलाई पार्टीले स्वीकार गरिसकेको होइन ।

‘सुझावका रूपमा आएको प्रस्तावमाथि छलफल होला,’ उनले भने । सदस्यता नवीकरण नगर्नेहरूलाई स्वत: कमिटीबाट बिदा गर्ने प्रस्ताव पनि तयार भएको छ ।

‘यदि कसैले सदस्यता नवीकरण गर्दिनँ भन्छ भने ऊ स्वत: पार्टीबाट विदा भइहाल्छ, त्यो पुरानै कुरा हो,’ ती पदाधिकारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?