+
+
Shares

पश्चिम बंगालमा मतगणनाको सुरुवाती रुझान : तृणमूल कांग्रेस र भाजपा गठबन्धनबीच कडा प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते ९:५८

२१ वैशाख, काठमाडौं । भारतका पश्चिम बंगाल, असम, तमिलनाडु, केरल र पुडुचेरी विधानसभा चुनावको मतगणना जारी छ ।

मतगणनाको सुरुवाती रुझानले पश्चिम बंगालमा तृणमूल कांग्रेस र भारती जनता पार्टी (भाजपा) गठबन्धनबीच कडा प्रतिस्पर्धा देखाएको छ ।

पश्चिम बंगालमा २९ अप्रिलमा भएको मतदान भएको थियो ।

पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सीटका सबै २८५ मतदान केन्द्रमा भने फेरि भोटिङ हुने भएको छ । न्यूज एजेन्सी पीटीआईका अनुसार २९ अप्रिलमा भएको मतदानमा ‘गम्भीर गडबडी’ भएको र लोकतान्त्रिक प्रक्रियालाई बिगार्ने घटना भएको निष्कर्ष निकाल्दै निर्वाचन आयोगले फेरि मतदानको आदेश दिएको हो ।

राजनीतिका लागि अहम् मानिने यस चुनावका कारण भारतीय शेयर बजारमा पनि हलचल देखिन सुरू भएको छ ।

विधानसभा चुनावको रुझानले नतिजा थप स्पष्ट भएसँगै शेयर बजारमा अझै हलचल देखिन सक्ने बीबीसीले विश्लेषकहरूको हवाला दिँदै समाचारमा उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?