२१ वैशाख, काठमाडौं । तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । साथै समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान–प्रदान गर्ने तालिका छ ।
राज्यव्यवस्था तथा सुशासन समिति र प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
२१ फागुनको निर्वाचनबाट आएको प्रतिनिधिसभाले गत २७ चैतमा संसदीय विषयगत समिति गठन गरेको थियो । यही वैशाख ४ गते सबै समितिले सभापति पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4