+
+
Shares

बैंक तथा वित्तीय संस्थामा सवा ७ अर्ब राख्दै केन्द्रीय बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि निक्षेप राख्ने भएको छ।
  • निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले वैशाख २३ भित्र आवेदन दिनुपर्ने र ब्याजदर त्रैमासिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
  • निक्षेप लिने संस्थाले दुई वर्ष सञ्चालन, न्यूनतम पूँजी, कुल खराब कर्जा ८ प्रतिशत र खुद खराब कर्जा ३ प्रतिशतभन्दा कम हुनु पर्ने सर्त राखिएको छ।

२१ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ७ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । बैंकले एक वर्षका लागि उक्त निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले लिन चाहेको निक्षेप रकम र दिने ब्याजदर तोकेर वैशाख २३ सम्म राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ ।

केन्द्रीय बैंकले ३६६ दिनसम्मका लागि राख्न लागेको उक्त रकम मध्ये वाणिज्य बैंकमा ५ अर्ब ८४ करोड, राष्ट्रियस्तरका विकास बैंकमा एक अर्ब ९ करोड ५० लाख र राष्ट्रियस्तरका फाइनान्स कम्पनीमा ३६ करोड ५० लाख रहेको छ । निक्षेपको ब्याजदर बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा भुक्तानी दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

त्यसका लागि केन्द्रीय बैंकले सर्त पनि राखेको छ । निक्षेप लिने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्छ । त्यसैगरी न्यूनतम पूँजीकोष तोकिएको सीमामा रहेको, कुल खराब कर्जा ८ र खुद खराब कर्जा ३ प्रतिशतभन्दा धेरै नभएको हुनुपर्ने लगायत सर्त केन्द्रीय बैंकले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?